काठमाडौं। डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले दूर शिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलोमध्येको एक आइटी कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले स्वदेशमै अन्तरराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिए ।
विद्यार्थीलाई विश्वव्यापी रूपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधारसहित सञ्चालित यस कलेजका आफ्नै अत्याधुनिक र सुविधासम्पन्न ल्याब, पुस्तकालय, छात्रावास, यातायातका साधन, क्याफ्टेरिया, खेल मैदान रहेका छन् ।
शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत यस कलेजले उत्कृष्ट स्थान हासिल गर्दै आएको न्यौपानेले बताए । कलेजका विद्यार्थीले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेको उनको भनाइ छ ।
विभिन्न सेमेस्टरहरूमा त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय रूपमै उत्कृष्ट स्थान हासिल गर्दै आएको यस कलेजमा बिबिएम, बिसिए, बिए एसडब्लु, बिबिएस र एमबिएसका साथै कक्षा ११ र १२ का कक्षा पनि सञ्चालन भइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन गरिएका बिबिएम र बिसिएका कार्यक्रममा आइबिएमसँगको सहकार्यले विद्यार्थीका लागि विश्वव्यापी अवसरको ढोका खुल्ने उनले बताए । साथै विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीमा रोजगारी प्राप्त गर्न सफल हुने उनको दाबी छ ।
न्यौपानेले भने, ‘उत्तीर्ण सबै विद्यार्थीलाई रोजगारीको ग्यारन्टी छ । त्रिविको सेमेस्टर कार्यक्रम र आइबिएमको तालीमले विद्यार्थीलाई व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक शीपले निपुण बनाउँछ, उद्यमशीलता समेत प्रवर्द्धन गर्छ,’ उनले भने, ‘जसबाट उनीहरू आफ्नै पेशा व्यवसाय सफल रूपमा सञ्चालन गर्न र विश्वका विभिन्न अन्तरराष्ट्रिय कम्पनीमा रोजगारीका अवसर प्राप्त गर्न सफल हुन्छन् ।’