काठमाडौं। डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुन: अध्यक्षमा सर्वसम्मतिबाट निर्वाचित भएका छन् । पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारणसभाबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश: कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । यस्तै सदस्यहरूमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, ग्रिन डेपलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.