काठमाडौं । सानिमा बैंक लिमिटेड र सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट खाता) सञ्चालन वापत्को वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेका छन् । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत हितग्राही खाता खोलेका सदस्यहरूलाई आगामी असार मसान्तसभित्र वार्षिक नविकरण शुल्क बुझाउन भनिएको हो ।
साथै मेरो शेयर सेवा लिइरहेका सदस्यहरूमा पनि वार्षिक नविकरण शुल्क बुझाउन कम्पनीहरूले आग्रह गरेका छन् । मेरो शेयर सेवा वापतको ५० रूपैयाँ र हितग्राही खाता सञ्चालन वापतको १०० रूपैयाँ वार्षिक शुल्क बुझाउन कम्पनीहरूले आग्रह गरेका हुन ।
तोकिएको अवधिभित्र खाता सञ्चालनवापत्को शुल्क जम्मा नभए रोक्का हुने जानकारी समेत कम्पनीहरूले गराएका छन् । सानिमा बैंकमा खाता रहेका सदस्यहरूको हकमा भने हितग्राही खाताको वार्षिक सञ्चालक शुल्क कट्टा गरिने जानकारी कम्पनीले दिएको छ ।