काठमाडौं । नेपाल राष्ट्रबैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको छ ।
प्रमुख झलक
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाइमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ ।
- आयात ७१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ ।
- नेपाल सरकारको खर्च रु.६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेकोछ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७० प्रतिशत रहेको छ ।