काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले हिजोमात्रै लाभांश घोषणा गरेको उक्त कम्पनीलाई स्पष्टीकरण सोध्दै शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश घोषणा गर्ने निर्णय कात्तिक २२ गते गरेकोमा उक्त निर्णय नेप्सेलाई कात्तिक २३ गते बेलुका ६ ४५ बजे प्राप्त भएको थियो । साथै, नेप्सेले कम्पनीलाई के कति कारणले कारोबार भइरहेको समयमा पत्र पठाएको भन्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
कम्पनीको सञ्चालक समितिको गत कात्तिक २२ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांशमा १४ दशमलव २५ प्रतिशतले हुन आउने १ करोड ८९ लाख ६६ हजार ७५० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतले हुन आउने ९ लाख ९८ हजार २५० रुपैयाँ नगद लाभांश रहेको छ ।