काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गर्दै कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन् ।हाल कम्पनीको चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ७ करोड ६१ लाख रुपैयाँभन्दा बढी कायम छ । सो अवधिसम्म कम्पनीको वितरण योग्य नाफा भने ३ करोड ५२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।