काठमाडौं । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँदै छ ।
आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
काठमाडौं उपत्यकामा गाईजात्राको रौनक देखिएको छ ।
हेर्नुस् तस्वीरहरू