काठमाडौं । काठमाडौंमा कुमारीको सामूहिक पूजा गरिएको छ । प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा नेवार समुदायका ईही (बेल विवाह) नगरेको २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलनअनुरूप छ। यसै अनुरुप यस वर्ष पनि करीब ३०० बालिकाको सामूहिक पूजा गरिएको हो ।
हरेक वर्ष राष्ट्र कल्याणको कामना गर्दै कुमारी पूजा हुने गरेको छ । यसरी पूजा गरेमा बालिकाहरूलाई रोग नलाग्ने र सुख समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । पूजा पश्चात बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराइएको थियो ।
सामूहिक पूजामा सहभागी बालिका कुमारीको भेषभूषामा सजिएका थिए ।
हेर्नुस् तस्वीरहरू