दक्षिण कोरिया । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटनाहुँदा ज्यान गुमाउनेको संख्या कम्तीमा ९६ पुगेको बीबीसीले जनाएको छ । ६ जना चालक दलका सदस्य सहित १८१ यात्रु सवारजेजु एयरको विमान थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुग्दा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किँदा आगलागी भएको थियो।
“अग्नि नियन्त्रण निकायले दुर्घटनामा ९६ जनाले ज्यान गुमाएको पुष्टि गरेको छ,” योन्हापलाई उद्धृत गर्दै अल जजीराले उल्लेख गरेको छ। “यस अतिरिक्त दुई व्यक्तिहरू जीवित भेटिएका छन्।”
सामाजिक सञ्जाल प्लेटफर्म X मा साझा गरिएको फुटेजमा विमान रनवेमा पेटतिर घस्रिँदै आगोको मुस्लोमा परिणत भएको देख्न सकिन्छ। अहिले उद्धार अभियान जारी छ, जहाँ आपतकालीन प्रतिक्रिया टोलीले स्थितिलाई नियन्त्रणमा लिन र पीडितहरूको उद्धार गर्न प्रयास गरिरहेका छन्।