भदौ १६, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् ।
कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका ईश्वर त्रिपाठीलाई फिर्ता बोलाएको र उक्त रिक्त पदमा संजीवकुमार साहलाई भदौ १५ गतेदेखि लागू हुने गरी नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।