काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचना जारी गर्दै कम्पनीले सानिका क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको जानकारी दिएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।