काठमाडौं । अनलाइन खुद्रा विक्रेता दराज नेपालले ‘३.३ मार्च म्याडनेस क्याम्पेन’को घोषणा गरेको छ । क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छूट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरको भाौचर प्राप्त गर्न सकिने बताइएको छ । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
क्याम्पेन अवधिभर दराजका ग्राहकले फ्ल्याश सेलमार्फत दैनिक रूपमा आकर्षक छूटको लाभ लिन सक्नेछन् । यसअन्तर्गत ग्राहकले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डमा ६० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकले थप आकर्षक अफरको अनुभव प्राप्त गर्न सक्ने बताइएको छ ।
यस अवधिभर ग्राहकहरूले कम्तीमा रू. ४९९ को खरीद गर्दा चुनिएका विक्रेताबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् । निःशुल्क डेलिभरीका भौचरहरू प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिने बताइएको छ ।
क्याम्पेनअन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।