चितवन । नेपाली बजारमा सवारीसाधनको वितरक एमडब्ल्यू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ फोटोन शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ शोरूममा फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको प्रदर्शन गरिएको छ । शोरूम सञ्चालनले नेपालको व्यावसायिक सवारी साधन क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई बढावा दिने वितरक कम्पनीले दाबी गरेको छ ।
वितरकले आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा विक्री शुरूआत समेत गरेको छ । आरामदायी यात्रा अनुभव प्रदान गर्ने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत र फराकिलो भित्री भागसहित १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी डिजाइन गरिएको छ । ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने यो भ्यान नेपालको कठिन भूभागका लागि पनि उपयुक्त भएको कम्पनीको दाबी छ।
चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर यो शोरूम स्थापना गरिएको हो। यसले ग्राहकहरूलाई विशेष परामर्श, विक्री पछिको सेवा र मर्मतसम्भारका सुविधाहरू प्रदान गर्दै फोटोनका नवीनतम सवारी साधनहरू शो हुनेछन् ।
कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकरियाले कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध रहेको बताए । कम्पनीकै प्रमुख कार्यकारी निर्देशक तुषार गुप्ताले अन्तर्राष्ट्रिय स्तरमा बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने बताए ।