काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणले छुट्टाछुट्टै सूचना जारी गर्दै पर्साको वीरगञ्ज-१६, नगवास्थित सी. डाटा कम्युनिकेसन प्रा.लि. र सुर्खेतको वीरेन्द्रनगर-६ स्थित लाइफ नेट प्रा.लि.को इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।
सी. डाटा कम्युनिकेसनले सर्तबमोजिम सेवा सञ्चालन नगरेको हुँदा दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) बमोजिम कम्पनीको अनुमतिपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना
लाइफ नेटको भने तोकिएको समयमा अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेकाले अनुमतिपत्र खारेज गरिएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम लाइफ नेटको अनुमतिपत्र २०८१ भदौ ३० गतेदेखि स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ ।
लाइफ नेटले दूरसञ्चार प्राधिकरणबाट २०७६ भदौ ३० मा इन्टर्नेट (इमेलसहित) सेवाको अनुमतिपत्र लिएको थियो । उक्त अनुमतिपत्रको समयावधि मिति २०८१ भदौ २९ सम्म थियो ।
उक्त कम्पनीले बुझाउनुपर्ने रकमका सम्बन्धमा समेत सूचना जारी भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
हेर्नुस् सूचना