काठमाडौं । चार बैंकले कुल ८ लाख २५ हजार ९७६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । साउन ४ गते हिमालयन बैंकले ७ लाख ५१ हजार ६८० कित्ता, मितेरी डेभलपमेन्ट बैंकले ४ हजार २०२ कित्ता, एक्सेल डेभलपमेन्ट बैंकले १६ हजार २७५ कित्ता र कुमारी बैंकले ५३ हजार ८१९ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका हुन् ।
यी चार बैंकको उल्लेखित कित्ता संस्थापक शेयर खरीद गर्न विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । यी चार बैंकमध्ये एक्सेल डेभलपमेन्ट बैंकले शेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ उल्लेख गरेको छ । अन्य बैंकले भने विक्रेताले तोकेबमोजिम शेयर मूल्य कायम हुने बताएका छन् ।
उल्लेखित बैंकको शेयर खरीद गर्न इच्छुक सम्बन्धित बैंकको विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्ने जानकारीसमेत सम्बन्धित बैंकहरूले गराएका छन् ।
कुन कम्पनीको कति ?
स्रोत : सम्बन्धित कम्पनीले जारी गरेको सूचना ।