काठमाडौ । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको दोस्रो महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात तीन गुणाले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि भदौमसान्तसम्म रु दुई अर्ब ९३ करोड मूल्य बराबरको एक हजार २२१ थान सवारी साधन आयात भएको छ । यो तथ्यांक चालु आवको साउनमा रु ८९ करोड ७० लाख २० हजार मूल्य बराबरको ३८१ थान मात्रै सवारी साधन आयात भएको थियो ।
विवरण | साझेदार देशहरू | एकाइ | मात्रा | Imports_Value | Imports_Revenue |
विद्युतीय कार, जिप र भ्यान १०१ किलोवाटदेखि २०० किलोवाटसम्म | चीन | पीसीएस | ९८ | ३१८२७८ | २६८७५२ |
विद्युतीय कार, जिप र भ्यान १०१ किलोवाटदेखि २०० किलोवाटसम्म | युनाइटेड स्टेट्स | पीसीएस | १ | ४११४ | ३५०१ |
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट | चीन | पीसीएस | ६६२ | १८७२७५० | ११९३६३९ |
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट | भारत | पीसीएस | २७६ | ५५९३७५ | ३५६५३२ |
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान | चीन | पीसीएस | ३६१ | ७१९५२० | ३१०७२५ |
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान | भारत | पीसीएस | १९९ | ३२६६४८ | १४१३४३ |
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म | चीन | पीसीएस | २ | ९९७० | १५५८२ |
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म | जर्मनी | पीसीएस | १ | ८५१२ | १३३०३ |
इलेक्ट्रिक कार, जीप, वैन मोटर्स के साथ बिजली ३०० किलोवाट भन्दा माथि | चीन | पीसीएस | २ | ८३२३ | ८८२६ |
कुल | १६०२ | ३८२७४९०.९१९ | २३१२२०३.५६७ |
दुई महिनामा ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन आयात भएको तथ्याङ्कले देखाएको छ । सो रेन्जमा रहेका ९३८ वटा विद्युतीय सवारीसाधनमध्ये ६६२ वटा चीनबाट र बाँकी भारतबाट आयात भएका छन् ।
पहिलो दुई महिनामा आयात भएका एक हजार १२५ थान अर्थात् करिब ७० प्रतिशत सवारी साधन चीनबाट आयात गरिएकाले नेपालको विद्युतीय बजारमा चीनको वर्चस्व कायमै देखिएको छ । ४७५ युनिट अर्थात् २९.६५ प्रतिशत सवारी मात्रै भारतबाट आयात भएमा थिए भने बाँकी दुई युनिट अमेरिका र जर्मनीका भित्र्याइएका थिए ।
विवरण | आयात हुने देशहरू | एकाइ | परिमाण | मूल्य | राजस्व |
विद्युतीय कार, जिप र भ्यानले १०१ किलोवाटदेखि २०० किलोवाटसम्म | चीन | पीसीएस | १ | २८६० | २४३४ |
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट | चीन | पीसीएस | ११५ | ३८३१९८ | २४४२४० |
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट | इन्डिया | पीसीएस | १०१ | २०३६९७ | १२९८३२ |
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान | चीन | पीसीएस | ८४ | १६५८६४ | ७११५८ |
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान | इन्डिया | पीसीएस | ७७ | १२३९४८ | ५३६३३ |
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म | चीन | पीसीएस | १ | ४६२५ | ७२२८ |
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म | जर्मनी | पीसीएस | १ | ८५१२ | १३३०३ |
इलेक्ट्रिक कार, जीप, वैन मोटर्स के साथ बिजली ३०० किलोवाट भन्दा माथि | चीन | पीसीएस | १ | ४३१७ | ० |
कुल | ३८१ | ८९७०२१ | ५२१८२७ | ||
(आयात मूल्य र आयात राजस्व रु. हजारमा ) | स्रोत: भन्सार विभाग |
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चारपाङ्ग्रे सवारी साधनको आयातबाट सरकारले रु दुई अर्ब ३१ करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा नेपालले रु २९ अर्ब ४८ करोड बराबरको ११ हजार ७०१ थान विद्युतीय कार, जिप र भ्यान आयात गरी रु १३ अर्ब २८ करोड राजश्व सङ्कलन गरेको थियो । जसमध्ये पहिलो दुई महिनामा रु दुई अर्ब ४३ करोड बराबरको ८९८ युनिट आयात भएको थियो ।
१ हजार ६६८ तीनपाङ्ग्रे विद्युतीय सवारी साधन भित्रिए
पछिल्लो दुई महिनामा १३ करोड ४० लाख मुल्य वरावरको जम्मा १ हजार ६६८ तीनपाङ्ग्रे सवारी साधान नेपाल आयात भएको छ । जसमा चीनबाट १ हजा ३१६ थान र भारतबाट ३५२ थान आयात भएको छ । गत वर्षको सोहि अवधिमा ६ करोड ५ लाख मूल्यको ६४६ थान तीनपाङ्ग्रे सवारी साधान नेपाल आयात भएको छ । जसमा चिनबाट ५२४ भारतबाट १२२ थान आयात भएको छ ।
गत भदौ १५ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२४ मा विद्युतीय सवारीसाधनले चर्चा कमाएका थिए । प्रदर्शनीमा ८० प्रतिशत सवारी साधन विद्युतीय भए पनि बुकिङमा ७० प्रतिशत बुकिङ भएको आयोजकले जनाएको थियो । छ दिनसम्म चलेको प्रदर्शनीमा तीन हजारभन्दा बढी सवारी साधन बुकिङ भएका थिए ।
भारतीय कम्पनी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रदर्शनीपछि एनबीएलाई दिएको जानकारीअनुसार ६ दिनमा टाटाका ६४४ थान (टाटा पन्च इभीको ४७५ थान र टियागो इभीको १६९ युनिट) बुकिङ भएको थियो ।
त्यस्तै नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता सिमेक्स इंकले बीवाईडी एटिटिओ ३ लगायत अन्य कारहरु प्रदर्शनीमा राखेको थियो । बैंक तथा वित्तीय संस्थाले नाडा अटो शो २०२४ तथा दशैं र तिहारलाई लक्षित गरी सवारी साधन (अटो) कर्जालाई पनि प्राथमिकतामा राखेका थिए । कर्जा विस्तारका लागि पर्याप्त तरलता को उपलब्धता सँगै बैंकहरुले कम ब्याजदर र विभिन्न इन्सेन्टिभका साथ अटो लोन स्किमहरु घोषणा गरेका छन् ।