काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक सातामा प्रतितोला ६ हजार ५०० रुपैयाले घटेको छ । गत कात्तिक १५ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सूनको मूल्य आज (कात्तिक २२ गते)सम्म घटेर प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् बुधवार सुनको मूल्य १ लाख ६८ हजार ५०० मा कारोबार भएकोमा एकै दिन ४ हजार रुपैयाँले घटेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार १५ रुपैयाँमा कारोबार भएकोमा आज बिहीवार प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ९६५ कायम भएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेको छ । समाचार तयार पार्दासम्म अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५७ दशमलव ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १० दशमलव ५१ अमेरिकी डलरले कमी हो ।