विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्ल्यू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट कर दाताको सम्मान दिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २ करोड ४६ लाख ९३ हजार ६६६ रुपैयाँ कर तिरेको कम्पनीले उक्त सम्मान पाएको हो ।
कार्यालयले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा एमएडब्ल्यूलाई उत्कृष्ट कर दाताको रूपमा सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सो अवसरमा कार्यालयले केशवबहादुर बस्नेतलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको छ । कर सप्ताहको अवसरमा आयोजित अन्तरकलेज हाजिरी जवाफ प्रतियोगितामा विजेता कलेजका विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।