काठमाडौं। टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ सम्पन्न भएको छ । नेपालका लागि टाटा ग्रिन ब्याट्रीको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट गरेको हो । गत शुक्रवार काठमाडौंमा सम्पन्न सो पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता थियो । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाबारे बताएका थिए । लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा विक्री योजना बारेमा जानकारी दिएका थिए । सो अवसरमा डिलर सञ्चालकले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लञ्च गरिएको थियो । नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७ दशमलव २, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएको बताइएको छ ।