काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा छूट पाउने भएका छन् । छूटसम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेश प्रमुख प्रकाश पौडेल र अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।
साथै, बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महीनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई)समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतानुसार बैंकका ग्राहकले अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लसमार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छूट पाउने बताइएको छ ।
यसैगरी बैंकका ग्राहकले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ट १० प्रतिशत छूट पाउनेछन् । किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले अस्पतालमा उपचारबापत खर्च रू. १५ हजारदेखि अधिकतम रू. ५ लाखसम्मको बिलमा ६ देखि १२ महीनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।