काठमाडौं। सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा बैंकको नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी), बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख कार्कीले बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै बैंकमार्फत स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने अपेक्षा गरेका थिए । बैंकका सञ्चालक निरौला र प्रमुख कार्यकारी अधिकृत पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद दिएका थिए । बैंकले १३४ शाखा कार्यालय र १२४ एटिएममार्फत सेवा दिँदै आएको छ ।