काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड आठौं वर्षमा प्रवेश गरेको छ । लघुवित्त आज (पुस ५ गते)बाट आठौं वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा कम्पनीले एक सन्देश जारी गर्दै आगामी दिनमा वित्तीय सेवालाई अझ थप परिष्कृत गर्दै सदस्यमैत्री र प्रविधियुक्त गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै आफ्ना सदस्य वर्ग, शेयरधनी महानुभाव, कर्मचारी, नियामक निकाय, नेपाल राष्ट्र बैंक, नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सम्पूर्ण बैंक वित्तीय संस्था र सम्पूर्ण सरोकारवालालाई अहिलेसम्मको साथ र सहयोगका लागि आभार प्रकट गरेको छ ।