काठमाडौं। मेस्से फ्र्यांकफर्टले आयोजना गर्दै आएको प्रख्यात मेला ‘एम्बियन्टे’ नेपालका लागि समेत महत्त्वपूर्ण अवसर रहेको आयोजकले जनाएको छ । यो मेला सन् २०२५ को फेब्रुअरी ७ देखि ११ सम्म फ्र्यांकफटमा हुँदैछ । नेपालका लागि मेस्से फ्र्यांकफटको आधिकारिक प्रतिनिधि मेस्से फ्र्यांकफर्ट नेपालका अनुसार एम्बियन्टेले विश्वभरका प्रदर्शक र व्यापार आगन्तुकलाई नयाँ व्यावसायिक सम्पर्क बनाउन र व्यापारिक सम्झौता गर्न सक्षम बनाउँछ ।
यो मेला खाद्य, जीवनशैली, उपहार, कार्यालय सामग्रीलगायतको प्रदर्शनी तथा विक्रीका लागि लोकप्रिय रहेको संस्थाले बताएको छ । मेलाले नेपाली मौलिक वस्तुको पहिचान, प्रचारप्रसार र अन्तरराष्ट्रिय बजारीकरणमा ठूलो सहयोग पुर्याउन सक्ने समेत उल्लेख गरिएको छ । एम्बियन्टे जर्मनीका शहरहरू मात्र नभई जापानको टोकियो, चीनको शाङ्हाई, दक्षिण अफ्रिकाको साओ पाउलो र संयुक्त अरब इमिरेट्को दुबई जस्ता शहरमा समेत आयोजना हुने गरेको छ । यस वर्षको एम्बियन्टे भने जर्मनीको फ्र्यांकफर्टमा आगामी फेबु्रअरी ७ देखि ११ सम्म हुँदै छ ।
मेस्से फ्र्यांकफर्ट विश्वका अग्रणी व्यापार मेला आयोजकमध्ये एक हो, जसको मुख्य कार्यालय जर्मनीको फ्र्यांकफर्टमा रहेको छ । उक्त संस्थाले विगत ८०० वर्षदेखि व्यापार मेला आयोजना गर्दै आएको बताइएको छ ।