काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मण चालिसे नियुक्त भएका छन् ।चालिसेलाई लघुवित्तको संस्थापक समुहमा एनआईसी एशिया बैंकले आफ्नो प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएको थियो ।
लघुवित्त सञ्चालक समितिको माघ २३ गते बसेको बैठकको निर्णयले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मकोलागि चालिसेको नियुक्ति गरिएको जनाएको छ । उक्त पदमा यस अघि दिपेन कार्की रहेका थिए ।
नव नियुक्त सञ्चालक चालिसेले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण लिइ पद बहाल भएका हुन् ।
बैंकिङ्ग क्षेत्रमा २० वर्ष देखि कार्यरत रहेका चालिसे हाल एन आई सी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धक भई पर्फोरमेन्स् एसुरेन्स इकोसिस्टमका प्रमुखको रुपमा कार्यरत थिए ।
विगतमा लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको समेत अनुभव रहेका उनीबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।