काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका पाँच शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । लघुवित्तको कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शाखाले शनिवार उक्त कार्यक्रम सञ्चालन गरेका हुन् ।
कार्यक्रममा मौवामा ४६, दुर्गाफाटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ जना महिला र पुरुष गरी जम्मा २५८ जनाको सहभागिता भएको थियो ।
कार्यक्रममा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख, प्रदेश प्रमुखहरू, अनुगमन अधिकृतहरू, शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
लघुवित्तले झापाको कमल गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । उक्त स्वास्थ्य शिविर ऐन्जल फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य शिविरमा काठमाडौंको सिभिल हस्पिटलका तीन जना वरिष्ठ चिकित्सकसहित ९ जनाले बिरामी चेकजाँच गरेका थिए । सो क्रममा ४० जनाभन्दा बढीलाई निःशुल्क सेवा उपलब्ध गराइएको थियो । यस्तै, १६ जनाको ल्याब टेस्ट र ९ जनाको ओटी गरिनुका साथै सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
संस्थाले आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गर्ने जनाएको छ ।