रौतहट । प्राइम सिरेमिक्स प्रा.लि.ले आफ्नो उत्पादन प्राइम टाइल्सको आधिकारिक विक्रेतालाई रौतहटस्थित आफ्नो अत्याधुनिक उत्पादन केन्द्रको भ्रमण गराएको छ ।
गत वैशाख २७ गते गरिएको भ्रमणमा देशभरका १३ डिलर सञ्चालकको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
भ्रमणमा आएका व्यक्तिलाई कारखानाको सम्पूर्ण परिसरको विस्तृत अवलोकन गराइएको थियो । सो अवसरमा उनीहरूले प्राइम टाइल्सको उत्पादन प्रक्रियामा अपनाइने उच्च प्रविधि, गुणस्तर नियन्त्रण र नवप्रवर्तनबारे प्रत्यक्ष अनुभव गर्न पाएको कम्पनीको भनाइ छ ।
यो भ्रमण डिलरहरूले प्राइम टाइल्स ब्रान्डको स्तर, गुणस्तर र प्रतिबद्धता प्रत्यक्ष रूपमा अनुभव गर्ने प्लेटफर्म बनेको कम्पनीले जानकारी दिएको छ ।
भ्रमणमा आएको टोली सोही साँझ हवाई यात्रामार्फत काठमाडौं फर्किएको थियो ।