काठमाडौं । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले ‘स्विच एन्ड ड्राइभ प्रिबजेट एक्सचेन्ज अफर’ योजना सार्वजनिक गरेको छ ।
यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म ‘ओमोडा ई-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुनेछ ।
यो योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क १ वर्षको बीमा, एउटा निःशुल्क ७ किलोवाटको चार्जरका साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किमिको वारेन्टी सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ ।
८० प्रतिशत फाइनान्सिङ सहित ५५ लाख ९९ हजार रुपैयाँबाट शुरु हुने गाडीहरूको डेलिभरि जेठ १७ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि पुरस्कारहरूको व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउने छन् । एक जनाले भने आईफोन १६ प्रो जित्ने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन पाउनेछन् भने दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो।