काठमाडौं। स्टील उद्योग श्री जय अम्बे स्टील्स लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सर्वसाधारणमा निष्कासन गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को विशेष प्रस्ताव पारित भएपश्चात् तोकिने साधारण शेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न एनआइएमबि एस क्यापिटललाई विक्री प्रबन्धक तोकिएको हो ।
अम्बे ग्रूप नेपालको ठूला व्यावसायिक समूहमध्ये एक हो, जसको वार्षिक कारोबार ४ हजार करोडभन्दा बढी रहेको बताइएको छ । श्री जय अम्बे स्टील्सको उत्पादन क्षमता १ हजार टन प्रतिदिन रहेको बताइएको छ । उद्योगले इन्डक्शन फर्नेसबाट टीएमटी स्टील, एमएस बिलेट, एमएस फ्लाट , एमएस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गर्दै आएको छ ।