असार १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड–२ ले जेठ महीनाको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी बढेको छ । फण्ड वैशाख महीनामा रू. ११ करोड ६५ लाख घाटामा रहेकोमा जेठ महीनामा २२ करोड ८३ लाख घाटामा रहेको छ ।
जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड २६ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. २ करोड ४६ लाख पुगेको हो । त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी पनि घटेको छ । जेठ महीनामा रू. २० करोड ३६ लाख रहेकोमा सो आम्दानी वैशाख महीनासम्म ९ करोड ३८ लाख थियो ।
प्रतिइकाइ खुद मूल्य (न्याभ) वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. ९ दशमलव २२ रहेकोमा जेठ महीनामा रू. ८ दशमलव ४७ कायम भएको हो । एक महीनाको अवधिमा न्याभ रू. शून्य दशमलव ७५ घटेको हो ।
फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ७८ करोड १४ लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. ६७ करोड ७५ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा रू. २२ करोड रहेको छ ।