काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार (आज) एनआईबिएल स्टेबल फण्डका इकाई सूचीकृत भएका छन् । फण्डका ११ करोड ३० लाख इकाई सूचीकृत भएका हुन् ।
अब यी इकाई आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । एनआईएमिब एस क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित बन्दमुखी योजना हो ।
फण्डको स्टक सिम्बोल एनआइएबीएलएसटीएफ छ । फण्डले २०८० माघ २ गते देखि १६ गतेसम्म निष्कासन गरेको इकाई सूचीकृत गराएको हो ।