काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फण्डको सूचीकरण सम्झौता भएको छ । सम्झौताबमोजिम यो म्युचुअल फण्डको १० रुपैयाँ अंकित दरका कुल ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकृत भएको छ ।
यो योजनाको इकाईहरू भोलि (मंगलवार)बाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
यो योजनाको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक छ ।