काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड कात्तिक मसान्तमा रू. २ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा १६ प्रतिशत कमी आएको हो ।
सो अवधिमा फण्डले रू. ३ करोड २९ लाख नाफा कमाएको थियो । कात्तिकमा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ७६ लाख रहेकोमा कात्तिक मसान्तमा रू. ३ करोड ३७ लाखमा सीमित भएको हो ।
त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५५ करोड ५७ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ५५ करोड ४४ लाख थियो । फण्डको न्याभ असोजको तुलनामा कात्तिकमा केही घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ५० पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर १० रुपैयाँ ३९ पैसा कायम भएको छ ।