काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ८ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा ३ प्रतिशत वृद्धि भएको हो ।
माघ मसान्तमा फण्डले रू. ७ करोड ८९ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ८ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ करोड २९ लाख पुगेको छ ।
त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३ पैसा पुगेको हो ।
फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६१ करोड ६२ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६५ करोड २४ लाख पुर्याएको हो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ ।