काठमाडौं। एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ५१ लाख सहयोग गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावितलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकको छ ।
बैंकका उच्च पदाधिकारीले आइतवार उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताइएको छ । बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फतसेवा प्रदान गर्दै आएको छ ।