काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर आज (सोमवार)बाट विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढ्ने जानकारी कम्पनीले गराएको छ ।