काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापकतर्फको ५१ हजार ७४६ कित्ता शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर निष्कासन गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
शेयर खरीदको निवेदन प्राप्त भएपश्चात् विक्रेता संस्थापकसँग समन्वय गरी खरीदकर्ता र विक्रीकर्ताको आपसी सहमति भएपश्चात् मात्र शेयर खरीदविक्री प्रक्रिया अघि बनाइने जानकारी पनि कम्पनीले दिएको छ ।