काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ६९.८० अंकले बढेको छ । यससँगै परिसूचक २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि उच्च अंकले वृद्धि भएको छ । यसअघिको कारोबार दिन गत मंगलवार ९ अर्ब २७ करोडभन्दा बढीको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन सबै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४.९२ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड समूहको सूचक सबैभन्दा कम ०.१७ प्रतिशत बढेको छ ।
आइतवार ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । तीमध्ये अधिकांश वित्त कम्पनी छन्, जसमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।