काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख २८ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने खुद नाफामा गएको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेको कारण खुद नाफा गर्न सफल भएको हो । गत वर्ष १७ करोड २० लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४३ करोड ६७ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
गत वर्ष १७ करोड २८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष २८ करोड ७३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको सञ्चित नाफामा १ करोड ८० लाख रुपैयाँभन्दा बढी कायम छ ।
दीर्घकालीन कर्जा दोस्रो त्रैमाससम्म ३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रकम ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २८ पैसा छ ।