काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंक लिमिटेड र एनएमबि सेक्यूरिटिज लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) नवीकरणका लागि आग्रह गरेका छन् ।
चालू आर्थिक वर्ष (आव) सकिन लाग्दा यी कम्पनीहरूले आव ०८१/८२ को हितग्राही खाता सञ्चालन बापतको वार्षिक शुल्क बुझाउन भनेका हुन् । आगामी साउन १५ गतेभित्र हितग्राही खाता सञ्चालनबापतको १०० रुपैयाँ शुल्क बुझाउन कम्पनीहरूले सूचना जारी गरेर आग्रह गरेका हुन् ।
एनएमबि क्यापिटल लिमिटेड तथा एनएमबि बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट नवीकरणबापत शुल्क बुझाउन सकिने जानकारी कम्पनीहरूले दिएका छन् । साथै इ–सेवा, कनेक्ट आइपिएस, आइएमई पे, खल्ती र प्रभु पेमार्फत पनि उक्त रकम भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी कम्पनीहरूले दिएका छन् ।
समयमै खाता सञ्चालनबापतको शुल्क नबुझाएमा खाता स्वतः रोक्का हुने भनाइ कम्पनीहरूको छ । रासस