काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले यही पुस २९ गते तेह्रौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल बाराही त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिनको ४ बजे शुरु गर्ने क्यापिटलले जानकारी दिएको हो ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।