साउन १२, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ नामक (बन्दमुखि योजना) म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटले साउन २६ गतेदेखि निष्कासन गर्ने भएको हो ।
क्यापिटलले प्रति इकाई रु.१० अंकित दरको १२ करोड इकाईमध्ये १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याएको छ भने बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त इकाईमा न्युनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।
सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग मबोजिम आवेदन नपरेमा भदौ ९ गतेसम्म थप हुनेछ ।
यस योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ ।