काठमाडौं । एनसेल शेयर खरीदविक्री प्रकरणमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गर्दै सरकार, दूरसञ्चार प्राधिकरण र एनसेलका नाममा केही निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले भविष्यमा समेत विदेशी लगानीलाई प्रोत्साहन गर्ने तथा पारदर्शी गर्ने प्रयोजनका लागि निर्देशनात्मक आदेश जारी गरेको हो ।
सांसद सिंहले गत वर्ष मंसिर २२ गते एनसेलको ८० प्रतिशत शेयर खरीदविक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।