काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याक लिने ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड नाइट डेटा प्याक उपलब्ध गराएको छ । अब ग्राहकहरूले रातिको समयमा बिना कुनै अतिरिक्त शुल्क अनलिमिटेड मोबाइल इन्टरनेटको सुविधा लिन सक्नेछन् एनसेलले जनाएको छ । एनसेलका अनुसार यो योजना गत पुस २५ देखि लागू भइसकेको छ ।
सधैं अन अन्तर्गत रु ३९९ मा उपलब्ध बेस्ट प्याक र रु ७९९ मा उपलब्ध अनलिमिटेड प्याक लिने ग्राहकहरूले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा प्रयोग गर्न सक्नेछन् । प्याकमा पहिले नै उपलब्ध बन्डल सेवा र सुविधाहरूका अतिरिक्त अब ग्राहकहरूले यो नाइट डेटा सेवा पनि पाउनेछन्।
यी अतिरिक्त सुविधाबाहेक, कम्पनीले यी प्याकमा पहिले नै अनलिमिटेड युट्युब पहुँच पनि प्रदान गर्दै आएको छ। २८ दिनको भ्यालिडिटी भएका बेस्ट प्याकमा ग्राहकहरूले प्याक अनुसार ८ जीबीदेखि २० जीबीसम्म डेटा र ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्राप्त गरिरहेको एनसेको भनाइ छ ।
त्यस्तै, अनलिमिटेड प्याक लिने ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अनलिमिटेड अल नेपाल टक टाइमको फाइदा लिन सक्नेछन् । एनसेलले गत जेठ महिनादेखि फाइभजी भिजनमा आधारित सधैं अन योजना सञ्चालनमा ल्याएको थियो ।