काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दुरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रीजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले सन् २०२५ भित्रै थ्रीजी बन्द गर्ने घोषणा गरे ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘आगामी १२–३६ महीनामा स्पेक्ट्रम अनुकूलनको लागि टुजी र थ्रीजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । हामी सन् २०२५ मा थ्रीजी बन्द गर्दैछौं र टुजी सन् २०२७ मा बन्द हुन सक्छ ।’
उनले दक्षिण एशीयाका धेरै देशमा टुजी र थ्रीजी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरू नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताए । उनले अहिले पनि ३.३ मिलियन टुजी ह्यान्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरू बाधक रहेको बताए ।