काठमाडौं। एपेक्स कलेजले ‘क्लास अफ २०२४’ को सम्मानमा दीक्षान्त समारोह गरेको छ । दीक्षान्त समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययको शुरुआतको सन्देश दिएको कलेजले बताएको छ । यसले विद्यार्थीलाई अभिभावक, संरक्षक, शिक्षक र साथीहरूको सहयोगको महत्त्व स्मरण गराउँदै कलेजमा बिताएका अमूल्य क्षणहरूको सम्झना दिलाउने अवसर प्रदान गरेको बताइएको छ ।
यस वर्ष कलेजबाट कुल २५८ विद्यार्थी दीक्षित हुनेछन्, जसमा १५० स्नातक ( ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थी रहेको कलेजले बताएको छ । यस वर्षको छात्रवृत्ति एपेक्स कलेजको बिबिए कार्यक्रमअन्तर्गत बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादवप्रसाद पाण्डेलाई प्रदान गरिएको छ । छात्रवृत्तिका लागि उनी कलेजका १५० विद्यार्थीमध्ये छानिएका हुन् । यससँगै उनले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्ने बताइएको छ ।