काठमाडौं । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पल इंकले आइफोन १६ का दुई सिरिज सार्वजनिक गरको केही घण्टामै चिनियाँ स्मार्टफोन निर्माता हुवावेले विश्वकै पहिलो ट्राइ–फोल्ड हुवावे स्मार्टफोन 'मेट एक्सटी' सार्वजनिक गरेको छ ।
हुवावेको कन्जुमर बिजनेसका अध्यक्ष रिचार्ड युले लाइभस्ट्रिम्ड लन्च इभेन्टमा यो स्मार्टफोनको विकास हुन पाँच वर्ष लागेको र यसले स्क्रिन र हिंग टेक्नोलोजीमा 'सफलता' हासिल गरेको बताएका छन् । 'हुवावे मेट एक्सटी विश्वको पहिलो ट्रिपल फोल्ड स्मार्टफोन हो । विश्वव्यापी रूपमा सबैभन्दा ठूलो र पातलो फोल्डेबल ह्यान्डसेट हो,' उनले भने, 'फोनमा तीन ओटा प्यानल छन् जसलाई तीन पटकसम्म फोल्ड गर्न सकिन्छ।'
प्रतिस्पर्धी एप्पल आईफोन १६ सहित धेरै नयाँ उत्पादनहरू सार्वजनिक गरेको केही घण्टापछि मंगलबारको यो फोन सार्वजनिक भएको छ । एप्पलले आफ्नै एआइ (एप्पल इन्टेलिजेन्स आधारित फोन सार्वजनिक गरेको थियो । तर मेट एक्सटी यस्तो फोन हो जसमा जेनेरेटर आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) मा आधारित छ । यो एक यस्तो सुविधा हो जसले कम्पनीका ग्राहकहरूलाई फोन अपग्रेड गर्न मद्दत गर्छ ।
एप्पलले आफ्नो आइफोन १६ मा च्याट जीपीटी जस्ता जेनेरेटर एआईले प्रयोगकर्तालाई प्राकृतिक भाषाको संकेतका साथ टेक्स्ट र इमेजहरू तयार पार्ने सुविधा दिएको बताएको छ । मेट एक्सटीमा अन्य कुनै एआई सुविधाहरू समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन।
ठूलो स्क्रिन, उच्च मूल्य
यो फोनमा १०.२ इन्चको स्क्रिन रहेको छ भने हाल रातो र कालो रंगमा उपलब्ध छ । कम्पनीले स्पष्ट रूपमा ठूलो डिस्प्ले र विस्तारित ब्याट्री प्रयोगमा ध्यान केन्द्रित गरिरहेको छ। जसले फोल्डएवल डिस्प्लेको साइजमा महत्त्वपूर्ण हुनसक्छ, जुन हाल ७ इन्चदेखि ८ इन्चसम्मका छन् ।
हुवावेका फ्ल्यागशिप स्मार्टफोनहरूको बिक्री सन् २०२४ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले बढेको कम्पनीले दावी गर्दै आएको छ ।
अमेरिकी प्रतिबन्धले गुगल (गुगल) जस्ता कम्पनीहरूलाई एन्ड्रोइड र ओएसका नयाँ संस्करण सहित हुवावे उपकरणहरू आपूर्ति गर्नबाट रोकेको थियो । यी प्रतिबन्धहरूले चिनियाँ स्मार्टफोनको बजारलाई ठूलो धक्का पुर्याएको थियो तर मेट एक्सटी' सार्ववनिक भएसंगै कम्पनी फेरि एक पटक शीर्षमा फर्कने बाटो बनाउँदै गरेको चिनियाँहरूको बुझाई छ ।
चिनले गत वर्ष टेस्लाको मोडल एसलाई टक्कर दिन इलेक्ट्रिक सेडान लन्च गरेको थियो । र एआईमा यसको ठूलो महत्वाकांक्षा छ। वासिङ्टन र बेइजिङबीचको बढ्दो टेक्नोलोजी द्वन्द्व चर्किएको वेला हुवावेले मेट ६० प्रो र मेट एक्स ५ जस्ता लोकप्रिय मोडेलहरू सार्वजनिक गरेको थियो । अमेरिकी प्रतिबन्धकै बिचमा गत अगष्टमा हुवावेले राजस्व र नाफा दुवैमा दोहोरो अंकको वृद्धि भएको जनाएको थियो ।
मेट एक्सटी स्मार्टफोनको हाल अनलाइन मा उपलब्ध भएदेखि ३.७ मिलियन भन्दा बढी प्रि-अर्डरहरू भएका छन् । यो मोडेल को मूल्य १९,९ युआन (२,८०० अमेरिकी डलर) बाट सुरु हुन्छ।
सम्बन्धित समाचार हेर्नुहोस्
एप्पलले ल्यायो एआईमा आधारित आइफोन १६ सिरिज
एप्पल-हुवावे शीतयुद्ध : आईफोन १६ सार्वजनिक हुने दिनमै मेट एक्सटी 'ट्राइ-फोल्ड' सार्वजनिक गर्ने घोषणा