काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।
कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ८० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।
साधारण सभापश्चात सम्बन्धित शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जानकारी दिएको छ ।
हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीलाई हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खाताको विवरण अद्यावधिक गराउन पनि बैंकले अनुरोध गरेको छ । त्यसपछि मात्रै बैंक खातामा नगद लाभांश रकम जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ३०औं वार्षिक साधारण सभाबाट ३ दशमलव ७० प्रतिशत बोनस शेयर र ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर सूचीकृत भएपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा आउने कम्पनीले जानकारी दिएको छ ।