काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको एनएमबि हाइब्रिड फण्ड एल २ फण्ड सञ्चालनमा आउने भएको छ ।
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब २० करोड बरावरको इकाई विक्री गर्न योजना व्यवस्थापक एनएमबि क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै सञ्चालनमा आउने भएको हो ।
कम्पनीले पुस २ गते प्रतिइकाई रू. १० अंकित मूल्यका १२ करोड इकाई विक्रीका लागि बोर्डबाट स्वीकृती पाएको हो । इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत एनएमबि क्यापिटल लिमिटेडले नै पूरा गर्नेछ ।