काठमाडौं । स्टेट बैंक अफ इण्डिया समूहको सीएसआर शाखा, एसबीआई फाउन्डेसनले रोट्रयाक्ट नेपाल र एआईईएसईसी नेपालसँगको सहकार्यमा ‘प्रभाव क्षेत्रमा क्यारियर’ सेमिनारहरूको शृंखला आयोजना गरेको छ । फाउन्डेसनले फागुन २४ देखि २८ गतेसम्म उक्त श्रृंखला आयोजना गरेको हो ।
यस सेमिनारले सामाजिक क्षेत्रमा धेरै अवसरहरूसँग परिचय गराउन सहयोग पुगेको विश्वास फाउन्डेसनले गरेको छ । साथै युवालाई विकासमा सामेल हुन र समुदायसँग काम गर्न प्रेरित गरेको फाउन्डसेलले जनाएको छ ।
युवाहरूलाई विकास क्षेत्रमा आबद्ध हुन प्रेरित गरी उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेकका साथ सेमिनार आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।
यस सेमिनारले युवा परिवर्तनकर्ता र प्रभावकारी करीअर अवसरबीचको खाडल पुर्ने प्रयास गरेको बताइएको छ ।