काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे शुरु हुनेछ।
सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायत प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।